जिल्ला अधिवेशनका लागि रास्वपाद्वारा ७७ जिल्लामा निर्वाचन समिति गठन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २२

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला अधिवेशन सञ्चालनका लागि देशभरका ७७ वटै जिल्लामा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार शनिबार र आइतबार हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

केही पालिकामा उजुरी परेकाले अधिवेशन स्थगित गरिएको तथा आवश्यक स्थानमा पुनः निर्वाचन गराउने निर्णय गरिएको पनि आयोगले जनाएको छ।

रास्वपाले जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशन र आगामी असारमा हुने पहिलो महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *