किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले रूस–युक्रेनबीच जारी लामो युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग प्रत्यक्ष वार्ताको आह्वान गरेका छन्।
खुला पत्रमार्फत जेलेन्स्कीले इमानदारीपूर्ण र स्थायी शान्ति सुनिश्चित हुने ग्यारेन्टीसहित वार्ता गर्नुपर्ने बताएका छन्। उनले स्विट्जरल्याण्ड, टर्की वा अरब देशलाई सम्भावित मध्यस्थ स्थलका रूपमा प्रस्ताव गरेका छन्।
जेलेन्स्कीले वार्ता अवधिभर पूर्ण युद्धविराम लागू गर्न युक्रेन तयार रहेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय साझेदारहरूले त्यसको निगरानी गर्न सक्ने बताएका छन्।
प्रतिक्रियामा क्रेमलिनले युद्धविराम प्रस्तावप्रति सकारात्मक संकेत दिएको जनाउँदै पुटिनले प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ। यता रूसले दीर्घकालीन सम्झौतामा आफ्नो सुरक्षा चासो र “युद्धको मूल कारण” सम्बोधन हुनुपर्ने अडान दोहोर्याएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्