कोशीमा बालविवाहविरुद्ध ३८ उजुरी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

झापा : कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालविवाहसम्बन्धी ३८ वटा सूचना हेल्पलाइन १०९८ मा दर्ता भएका छन्।

दर्ता भएका सूचनामध्ये सबैभन्दा धेरै मोरङबाट २४, सुनसरीबाट ११, इलामबाट २ र उदयपुरबाट १ वटा रहेका छन्।

बालविवाहको सूचना प्राप्त भएपछि सम्बन्धित निकायहरूले उद्धार, संरक्षण र पुनःस्थापनाका लागि आवश्यक समन्वय गर्दै आएका छन्।

बाल सञ्जाल र विद्यालयस्तरीय बालक्लबहरूको सक्रियताले पछिल्लो समय बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव परेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *