राज्य संयन्त्रलाई संयमित हुन ओलीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्य संयन्त्रलाई आवेगमा नआइ जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका छन्।

पार्टीको सदस्यता नवीकरण कार्यशालामा बोल्दै उनले राजनीतिक परिस्थिति सधैँ एउटै नहुने उल्लेख गर्दै शक्ति र अधिकारको प्रयोगमा संयमता आवश्यक रहेको बताए।

ओलीले विगतका राजनीतिक व्यवस्थाहरू परिवर्तन भएको स्मरण गराउँदै कुनै पनि अराजक अवस्था दीर्घकालसम्म टिक्न नसक्ने टिप्पणी गरे।

उनले भदौ २३ र २४ गतेका घटनालाई सामान्य आन्दोलन नभई योजनाबद्ध राजनीतिक प्रयासको परिणाम भएको दाबी पनि गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *