ट्राफिक नियम उल्लङ्घनमा कडाइ, एकैदिन २३ लाखभन्दा बढी राजस्व सङ्कलन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौं, जेठ २० — पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि गरिएको कारबाहीबाट २३ लाख ७१ हजारभन्दा बढी राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार एक हजारभन्दा बढी सवारी चालकलाई विभिन्न नियम उल्लङ्घनमा कारबाही गरिएको हो। कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, सिग्नल उल्लङ्घन, लेन अनुशासन पालना नगर्ने तथा निषेधित क्षेत्रमा हर्न बजाउने लगायतका घटनाहरू समावेश छन्।

त्यस्तै, अव्यवस्थित पार्किङ, एकतर्फी सडकमा सवारी चलाउने र राइड सेयरिङ नियम उल्लङ्घन गर्ने चालकहरू पनि कारबाहीमा परेका छन्।

प्रहरीले सडक सुरक्षाका लागि नियम पालना गर्न सबै चालकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *