महोत्तरीमा डाँका समूहको गोली प्रहार, एकै परिवारका दुई जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

महोत्तरी, जेठ २० — महोत्तरीमा डाँका चोरीका क्रममा भएको गोली प्रहारबाट एकै परिवारका दुई जना गम्भीर घाइते भएका छन्।

सोनमा गाउँपालिका–३ खखनास्थित रामविश्वास यादवको घरमा मंगलबार राति डाँका समूह प्रवेश गरी चोरी प्रयास गरेको प्रहरीले जनाएको छ। सो क्रममा प्रतिकार गर्न खोज्दा डाँकाहरूले गोली चलाउँदा घरका सदस्यहरू घाइते भएका हुन्।

घटनामा रामविश्वास यादवका ज्वाइँ ईश्वर यादव र छोरी किरण यादव घाइते भएका छन्। उनीहरूको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न समूहको खोजी जारी छ भने लुटपाट भएको धनमालको विवरण संकलन भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *