|
२०८३ जेष्ठ २०
काठमाडौं, जेठ २० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले महामन्त्री डा. धवलशमशेर राणा ले पार्टी छाड्ने निर्णय गरेको समाचार अप्रत्याशित भएको बताएका छन्।
मंगलबार जारी वक्तव्यमार्फत लिङ्देनले पार्टी महाधिवेशनको तयारीमा जुटिरहेका बेला यस्तो निर्णय सार्वजनिक हुनु आश्चर्यजनक रहेको उल्लेख गरेका छन्। उनले राणालाई आफ्नो निर्णय पुनर्विचार गर्दै महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
साथै, अध्यक्ष लिङ्देनले पार्टीका नेता–कार्यकर्तालाई एकता कायम राख्न, भ्रममा नपर्न र संगठन सुदृढीकरणमा सक्रिय रहन अपिल गरेका छन्।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्