ट्राफिक नियम उल्लङ्घनमा कडाइ, २४ घण्टामा २७ लाखभन्दा बढी राजस्व सङ्कलन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — उपत्यकामा ट्राफिक नियम उल्लङ्घनविरुद्ध गरिएको कारबाहीबाट पछिल्लो २४ घण्टामा २७ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न सवारी नियम उल्लङ्घन गर्ने २ हजार ९३ चालकलाई कारबाही गर्दा रु २७ लाख ३६ हजारभन्दा बढी राजस्व उठाइएको हो।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक सिग्नल उल्लङ्घन गर्ने, तीव्र गतिमा चलाउने तथा लेन अनुशासन पालना नगर्ने जस्ता घटनामा धेरै चालक कारबाहीमा परेका छन्। प्रहरीले सडक सुरक्षा कायम गर्न निगरानी अझ कडा पारिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *