निर्वाचनपछि पहिलोपटक ओली सार्वजनिक कार्यक्रममा सहभागी हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।

एमाले केन्द्रीय संगठन विभागद्वारा आयोजना गरिएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशालामा ओली सहभागी हुने कार्यक्रम रहेको छ।

जेठ २० र २१ गते काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा हुने उक्त कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने तय भएको पार्टीले जनाएको छ। कार्यक्रममा संगठन सुदृढीकरण, सदस्यता विस्तार र आगामी कार्ययोजनाबारे छलफल गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *