|
२०८३ जेष्ठ १९
काठमाडौं, जेठ १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग आज नयाँदिल्लीमा भेटवार्ता गर्ने भएका छन्।
भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेले पार्टी मुख्यालयमा अध्यक्ष नीतिन नवीनसहित उच्च तहका नेताहरूसँग राजनीतिक छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।
भेटवार्तामा दुई देशका लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदान–प्रदान तथा आपसी राजनीतिक सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने लामिछानेको सचिवालयले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्