पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी कायम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १९

काठमाडौं, जेठ १९ — देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमानअनुसार केही पहाडी जिल्लामा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

यता, मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने आज पनि गर्मीको प्रभाव रहने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *