|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिप्रति कडा आलोचना गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रधानमन्त्री शाहलाई राष्ट्रका लागि हानिकारक व्यक्तिको रूपमा टिप्पणी गरेका छन्। उनले उक्त भनाइलाई राष्ट्रिय हित र भविष्यसँग जोडेर गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजनीतिक बहस चर्किरहेका बेला साम्पाङको टिप्पणी पनि सार्वजनिक चर्चामा आएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्