दाङमा सडक दुर्घटना, बाबुछोराले गुमाए ज्यान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १८

दाङ, जेठ १८ — तुलसीपुरमा टिप्पर र मोटरसाइकल ठोक्किँदा बाबुछोराको मृत्यु भएको छ।

दुर्घटनामा लमही नगरपालिका–५ का ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दुवैको कोहलपुरस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा मनोजकी श्रीमती अमृता नेपाली घाइते भएकी छन् र उनको उपचार भइरहेको छ। दुर्घटनामा संलग्न टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *