|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ — मलेसियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नयाँ कानुनी व्यवस्था लागू गरेको छ।
सोमबारदेखि लागू भएको नियमअनुसार १६ वर्षमुनिका बालबालिकाले व्यक्तिगत सामाजिक सञ्जाल खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्। साथै, सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर प्रमाणीकरण गर्न र नाबालिगका खाताहरू रोक्नुपर्ने दायित्व दिइएको छ।
सरकारले बालबालिकालाई अनलाइन जोखिम, साइबर दुर्व्यवहार तथा मानसिक दबाबबाट जोगाउने उद्देश्यले यस्तो कदम चालेको जनाएको छ। नियम उल्लंघन गर्ने कम्पनीलाई कडा जरिवाना गरिने व्यवस्था गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्