|
२०८३ जेष्ठ १८
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। महानगरको आइतबार सम्पन्न परीक्षामा न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीलाई प्रारम्भिक रूपमा योग्य ठहर गर्दै नतिजा सार्वजनिक गरिएको हो।
उक्त छात्रवृत्ति कक्षा ११ र १२ मा महानगरअन्तर्गतका संस्थागत विद्यालयमा अध्ययनका लागि प्रदान गरिनेछ। नतिजा अनलाइन प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
परीक्षामा उच्चतम अङ्क ९२, दोस्रो ९१ र तेस्रो ९० अङ्कसम्म प्राप्त भएको महानगरले जनाएको छ। नतिजामा चित्त नबुझे जेठ २० गतेभित्र पुनर्योगका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्