|
२०८३ जेष्ठ १८
हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटामा भएको विवाद तथा दोहोरो झडपबारे स्थलगत अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समिति हुम्ला पुगेको छ।
एसएसपी विमलराज पौडेल नेतृत्वको टोली आइतबार सिमकोट पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। टोलीले घटनास्थल लाम्पाटा र च्याचौर क्षेत्रको अवलोकन गरी स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ।
गत जेठ २ देखि ४ गतेसम्म सीमा विवादका क्रममा दुई जिल्लाका स्थानीयबीच झडप हुँदा केही व्यक्ति घाइते भएका थिए। सोही घटनाको वास्तविकता बुझ्न गृह मन्त्रालयले जाँचबुझ समिति गठन गरेको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्