|
२०८३ जेष्ठ १७
काठमाडौं, जेठ १७ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसम्बन्धी विषयमा आज सञ्चारकर्मीसँग छलफल गर्ने भएका छन्।
अर्थ मन्त्रालयका अनुसार सिंहदरबारस्थित सुवर्ण हलमा हुने पत्रकार सम्मेलनमा बजेटका प्रमुख व्यवस्था र त्यसका प्रभावबारे जानकारी दिइनेछ। कार्यक्रममा सञ्चारकर्मीका प्रश्नको समेत जवाफ दिने तयारी गरिएको छ।
अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेका थिए। बजेटपछि उठेका चासो र प्रतिक्रियाबारे स्पष्ट पार्न आजको अन्तर्क्रिया आयोजना गरिएको मन्त्रालयले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्