|
२०८३ जेष्ठ १५
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै चालु खर्च, पूँजीगत विकास र वित्तीय व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए।
घोषित बजेटमध्ये १२ खर्ब ७० अर्ब रुपैयाँ चालु खर्चमा, ४ खर्ब ३१ अर्ब रुपैयाँ पूँजीगततर्फ तथा ४ खर्ब २२ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनमा छुट्याइएको छ।
सरकारले आगामी वर्ष १४ खर्बभन्दा बढी राजस्व उठाउने लक्ष्य लिएको छ। यस्तै, वैदेशिक अनुदान, विदेशी ऋण र आन्तरिक ऋणमार्फत बाँकी स्रोत व्यवस्थापन गरिने उल्लेख गरिएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्