छात्रवृत्ति परीक्षामा २६ हजार बढी विद्यार्थी योग्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौँ — काठमाडौँ महानगरपालिकामा कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाका लागि २६ हजार ६८० विद्यार्थी योग्य भएका छन्। कुल २६ हजार ८८८ आवेदकमध्ये २०८ जनाको आवेदन अस्वीकृत भएको महानगरले जनाएको छ।

महानगरले जेठ १७ गते परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ। प्रवेशपत्र अनिवार्य रूपमा रङ्गीन प्रिन्ट गर्नुपर्ने र परीक्षामा परिचयपत्रसहित उपस्थित हुनुपर्ने नियम लागू गरिएको छ।

छात्रवृत्ति छनोटका लागि यस वर्ष पनि अनलाइन प्रणालीमार्फत प्रवेशपत्र डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *