टुँडिखेल समारोहमा ड्युटीका क्रममा सैनिक जवान ढले

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौँ — सैनिकमञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस मूल समारोहका क्रममा एक जना नेपाली सेना जवान अचानक लडेका छन्। ड्युटीमा खटिएका उनी लामो समय उभिरहँदा शरीर कमजोर भई ढलेको बताइएको छ।

उपचारका लागि उनलाई नजिकैको स्वास्थ्य कक्षमा लगिएको थियो र उनी पछि आफैं हिँडेर उपचारस्थल पुगेका थिए। सैनिक प्रवक्ताका अनुसार उनको अवस्था सामान्य रहेको छ र लामो समय उभिनुका कारण असहजता भएको हुन सक्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *