रोपाइँ सिजनअघि मल अभाव समाधान गर्न सांसद सिंहको सरकारलाई आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १२

काठमाडौँमा मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले किसानका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। उनले रोपाइँको सिजन नजिकिँदै गर्दा रासायनिक मलको अभाव गम्भीर बन्न सक्ने भन्दै समयमै आपूर्ति सुनिश्चित गर्न आग्रह गरे।

सांसद सिंहले उखु किसानको बक्यौता भुक्तानी ढिलाइप्रति पनि असन्तुष्टि जनाउँदै चिनी उद्योग र सरकारी अनुदान दुवै समयमै उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

त्यसैगरी उनले बागमती नदीको कटान नियन्त्रण र प्रभावित नागरिकलाई राहत प्रदान गर्ने विषयमा पनि सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *