प्राविधिक शिक्षा सुधारका लागि विधेयकमाथि सुझाव माग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १२

काठमाडौँस्थित शिक्षा तथा खेलकुद मन्त्रालयले प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी नयाँ विधेयकमाथि सार्वजनिक सुझाव माग गरेको छ। मन्त्रालयले विधेयकलाई आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै सरोकारवालासँग राय–सुझाव संकलन सुरु गरेको हो।

प्रस्तावित विधेयकले प्राविधिक शिक्षा र सीप विकासलाई श्रम बजार, रोजगारी र उत्पादनसँग जोड्ने उद्देश्य राखेको छ। यसले दक्ष जनशक्ति उत्पादन गर्दै मुलुकको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

मन्त्रालयका अनुसार हालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी ऐन खारेज गरी एकीकृत व्यवस्था लागू गर्ने तयारी गरिएको छ। विधेयक पारित भएपछि पाठ्यक्रम, सम्बन्धन तथा शिक्षालय निर्धारणमा नयाँ संरचना लागू हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *