|
२०८३ जेष्ठ १२
इजरायलले लेबनानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मङ्गलबार भएको आक्रमण पूर्वी तथा दक्षिणी लेबनानका बस्तीहरूलाई लक्षित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
आक्रमणपछि प्रभावित क्षेत्रबाट सर्वसाधारणको विस्थापन बढेको छ। विशेषगरी बेरुतको दक्षिणी क्षेत्रमा त्रास फैलिएको बताइएको छ।
लेबनानको स्वास्थ्य निकायका अनुसार पछिल्ला महिनाहरूमा जारी आक्रमणमा हजारौँ मानिस प्रभावित भएका छन्। युद्धविरामको घोषणा भए पनि इजरायलले दक्षिणी लेबनानमा सैन्य कारबाही जारी राखेको जनाइएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्