ट्रम्पको आग्रहमा पाकिस्तानको असहमति, अब्राहम सम्झौताबाट पछि हट्यो

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १२, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम तथा अरब राष्ट्रहरूलाई अब्राहम सम्झौतामा सहभागी हुन आह्वान गरेपछि पाकिस्तानले त्यसप्रति असहमति जनाएको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यस्तो सम्झौता आफ्नो देशको राष्ट्रिय नीति र वैचारिक धारणा अनुकूल नभएको बताएका हुन्।

उनले इजरायलसँग सम्बन्ध सामान्य बनाउने विषय पाकिस्तानलाई स्वीकार्य नरहेको स्पष्ट पार्दै देशको पुरानै अडान कायम रहेको बताए। पाकिस्तानको पासपोर्ट नीतिले समेत इजरायललाई मान्यता नदिने धारणा झल्काउने उनको भनाइ थियो।

यसअघि ट्रम्पले इरानसँगको सम्भावित सहमतिसँगै मध्यपूर्वमा नयाँ कूटनीतिक सहकार्य विस्तार गर्ने उद्देश्यले पाकिस्तानसहित विभिन्न देशलाई अब्राहम सम्झौतामा जोडिन आग्रह गरेका थिए। तर पाकिस्तानले सार्वजनिक रूपमा अस्वीकार गरेपछि उक्त पहलले नयाँ चुनौती सामना गर्ने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *