६ सांसदले समयमै बुझाएनन् सम्पत्ति विवरण

DaksuMedia दाक्सु मिडिया
|
जेष्ठ १२, २०८३

प्रतिनिधि सभाका ६ जना सांसदले कानुनअनुसार तोकिएको अवधिभित्र सम्पत्ति विवरण पेश नगरेको खुलेको छ। संघीय संसद् सचिवालयका अनुसार अधिकांश सांसदले विवरण बुझाए पनि केही सदस्य अझै सम्पर्कमा आएका छैनन्।

सचिवालयले दिएको जानकारीअनुसार २५४ सांसदले समयमै सम्पत्ति विवरण बुझाएका छन् भने ६ जनाले हालसम्म पेश गरेका छैनन्। मन्त्रीहरूले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विवरण बुझाउने व्यवस्था रहेको बताइएको छ।

सम्पत्ति विवरण नबुझाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका पाँच जना र नेपाल कम्युनिस्ट पार्टीका एक जना सांसद रहेका छन्। कानुनअनुसार सार्वजनिक पदमा रहेका व्यक्तिले निश्चित समयभित्र आफ्नो तथा परिवारको सम्पत्तिको विवरण पेश गर्नुपर्ने प्रावधान छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *