|
जेष्ठ १२, २०८३
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका केही वडामा बर्ड फ्लु संक्रमण देखिएपछि स्थानीय प्रशासनले सतर्कता बढाएको छ। वडा नम्बर २, ३ र ४ मा संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका पन्छी, अण्डा तथा दाना नष्ट गरेर संक्रमण नियन्त्रणको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले कुखुरा तथा अन्य पन्छीपालन फार्ममा बाहिरी व्यक्ति र सवारीसाधनको प्रवेशमा कडाइ गरेको छ। आवश्यक परेमा निसंक्रमण गरेर मात्रै प्रवेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ।
कृषकहरूलाई फार्ममा सरसफाइ कायम गर्न, छुट्टै सुरक्षा सामग्री प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न निर्देशन दिइएको छ। साथै, मासु र अण्डा राम्रोसँग पकाएर मात्रै सेवन गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्