बागलुङमा सार्वजनिक जग्गाको कृषिमुखी उपयोग

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १२

बागलुङ, जेठ १२ — बागलुङको तमानखोला गाउँपालिका ले सार्वजनिक जग्गाको उपयोग गर्दै स्याउ खेती विस्तार अभियान थालेको छ। गाउँपालिकाले वडा नं. ४ को गोरदी र बयली क्षेत्रमा २४ रोपनी जमिनमा स्याउ बगैँचा स्थापना गरेको हो।

करिब ४० लाख रुपैयाँ लगानीमा तारबार, थोपा सिँचाइ र संरक्षण व्यवस्थासहित एक हजार ४०० स्याउका बिरुवा रोपिएका छन्। मुस्ताङबाट ल्याइएका गाला र गोल्डेन जातका बिरुवा चारदेखि पाँच वर्षभित्र फल्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अनुसार उत्पादन सुरु भएपछि बगैँचा स्थानीय समुदायलाई हस्तान्तरण गर्ने योजना छ। चिसो हावापानी भएकाले क्षेत्रमा स्याउ खेतीको राम्रो सम्भावना देखिएको कृषि प्राविधिकहरूले बताएका छन्।

पालिकाले भविष्यमा स्याउ खेतीलाई पर्यटनसँग जोड्दै होमस्टे र रिसोर्ट विकास गर्ने तयारीसमेत गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *