आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘डिजिटल लुम्बिनी’ अभियान प्राथमिकतामा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा ‘डिजिटल लुम्बिनी’ अभियानलाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत र्गदै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले सोमबार प्रदेशको रूपान्तरणकारी कार्यक्रमका रूपमा ‘उद्यमशील लुम्बिनी’ र ‘डिजिटल लुम्बिनी’ अभियानलाई प्राथमिकतामा राखिएको बताइएका हुन् ।

प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा डिजिटल प्रविधिमार्फत सार्वजनिक सेवा प्रवाहलाई सहज, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिइएको छ ।

प्रदेश सरकारले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि प्राथमिक क्षेत्रमा राख्दै प्रदेशको समग्र विकासलाई तीवता दिने नीति अघि सार्नुका साथै प्रशासनिक संरचनालाई थप चुस्त बनाउन मन्त्रालयको संख्या घटाउने तयारीसमेत गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *