|
२०८३ जेष्ठ ११
काठमाडौँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत ले महत्त्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फर्स्योटका काम प्रभावित भएको बताएका छन् ।
सोमबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले विगतका केही महत्त्वपूर्ण कागजात हराएको वा नष्ट भएको कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिए । सचिव राउतका अनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ ।
उनले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अन्योलका कारण समयमै फर्स्योट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उनको भनाइ थियो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्