उदयपुरमा विषाक्त खानाले एकै घरका चार जना बिरामी, एकको अवस्था गम्भीर

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

उदयपुरमा मसुरोको दाल लगाएत विषाक्त खानाले एकै घरका चार जना बिरामी परेबम छन् । त्रियुगा नगरपालिका–१२ साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका हुन् । चार जना मध्ये एकको अवस्था गम्भीर रहेको स्थानीयले वतायका छन् ।

विषाक्त खानाका कारण २३ वर्षीय हेमा बुढाथोकी, उनका ५ वर्षीय छोरा योगेश बुढाथोकी र नन्दहरू १४ वर्षीय यशोदा र ९ वर्षीय यासिका बुढाथोकी रहेका छन् ।

स्थानीयका अनुसार हेमाले बजारबाट ल्याएको मुसुरोको दालसहितको खाना खाएको र शनिबार रातिदेखि नै बान्ता तथा बेहोस हुने लक्षण देखिएपछि परिवारका बिरामीलाई आफन्त र छिमेकीले उपचारका लागि जिल्ला अस्पताल लगेका थिय ।

जिल्ला अस्पताल उदयपुर का अनुसार उपचारपछि तिन जना घर र्फकिएका छन् भने २३ वर्षीया हेमाको अवस्था चिन्ताजनक रहेको छ । हेमाको श्रीमान् युवराज बुढाथोकी वैदेशिक रोजागारमा विदेशमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *