|
२०८३ जेष्ठ ११
काठमाडौं — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा छलफलमा रहेको छ।
यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णयका लागि आवश्यक कागजात झिकाउन आदेश दिएको थियो।
देउवा पक्षले यो मुद्दा विशेष अदालतको क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी अवैध भएको जिकिर गरेको छ। साथै उनीहरूले अनुसन्धानमा सहयोग गर्न तयार रहेको र सम्पत्तिको स्रोत खुलाउन इच्छुक रहेको बताएका छन्।
देउवा हाल विदेशमा रहेको र फर्किएका छैनन्। यसबीच रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाइए पनि इन्टरपोलले औपचारिक नोटिस जारी गरेको छैन।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्