फिर्के करिडोरलाई आधुनिक स्वरूप दिने पोखरा महानगरको तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

कास्की । पोखरा महानगरपालिका ले फिर्के खोलाको अतिक्रमण हटाएपछि करिडोर निर्माणको काम अघि बढाउने योजना सार्वजनिक गरेको छ।

महानगरका अनुसार खोलाको दायाँबायाँ फुटट्रेल, साइकल लेन, हरियाली क्षेत्र र स्मार्ट एलइडी बत्ती जडान गरिनेछ। साथै विश्रामस्थल, खुला क्याफे र सेल्फी पोइन्टसमेत निर्माण गर्ने तयारी छ।

महानगर प्रमुख धनराज आचार्य ले फिर्के करिडोरलाई पोखराको नयाँ सहरी पहिचानका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *