|
२०८३ जेष्ठ ११
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले जलाशययुक्त जलविद्युत् आयोजना सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन्।
कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले दीर्घकालीन ऊर्जा सुरक्षा र औद्योगिक विकासका लागि यस्ता आयोजना अपरिहार्य भएको बताए। उनका अनुसार जलाशययुक्त आयोजना विद्युत् उत्पादनसँगै बाढी नियन्त्रण, सिँचाइ र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण हुनेछन्।
मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका चुनौतीलाई ध्यानमा राख्दै पानी भण्डारण गर्ने संरचनाको आवश्यकता बढेको उल्लेख गरे। साथै, निजी क्षेत्रको लगानी आकर्षित गर्न सरकारले लाइसेन्स अवधि ५० वर्ष कायम गरेको जानकारी पनि दिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्