|
२०८३ जेष्ठ १०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी अर्को साता नयाँ दिल्ली पुग्ने तयारीमा छन् ।
भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशंकर लगायत उच्च अधिकारीसँग भेटवार्ता हुने बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग पनि भेट हुन सक्ने चर्चा छ ।
रास्वपाले सरकारमा सहभागिता जनाएपछि लामिछानेको यो पहिलो भारत भ्रमण हुनेछ । भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले चासोका साथ हेरिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्