इरान–अमेरिका वार्ता निष्कर्षतर्फ, ट्रम्पले दिए सकारात्मक संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १०

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। उनका अनुसार अमेरिका, इरान तथा मध्यस्थ राष्ट्रहरूबीच अधिकांश विषयमा समझदारी बनिसकेको छ।

युद्ध रोक्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौतामा ३० दिनको वार्ता अवधि राखिएको जनाइएको छ। आवश्यकता अनुसार उक्त समय थप गर्न सकिने व्यवस्था पनि रहनेछ।

यसैबीच, पाकिस्तानका सेना प्रमुख असिम मुनिर तेहरान पुगेर इरानका राजनीतिक र सैन्य नेतृत्वसँग छलफल गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रस्तावित सहमतिअनुसार इरानले उच्च प्रशोधित युरेनियम भण्डार घटाउने संकेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *