काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले सर्च प्रणालीमा महत्त्वपूर्ण एजेन्टिक क्षमता विकास गरेको घोषणा गरेको छ । यससँगै अब प्रयोगकर्ताहरूले आफ्नो रुचिका विषयहरूमा सधैँ अपडेटेड रहनका लागि आफ्नै व्यक्तिगत एआई एजेन्ट बनाउन, कस्टमाइज गर्न र व्यवस्थापन गर्न सक्नेछन् ।
यो घोषणा गुगलको एजेन्टिक एआई प्रणालीमा एक महत्त्वपूर्ण कदम हो । जसले प्रयोगकर्ताले सोधेका प्रश्नको उत्तर मात्र दिने नभई आफ्नै पहलमा कामहरूमा सहयोग गर्नेछ ।
परम्परागत सर्च टुलहरूले प्रयोगकर्ताले सोधेको बेला मात्र जवाफ दिने गरेका छन् । तर यो नयाँ एआई एजेन्टलाई पृष्ठभूमिमा बसेर चौबिसै घण्टा (२४/७) सक्रिय रहनसक्ने गरी डिजाइन गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले एउटै जानकारीका लागि दिनहुँ बारम्बार सर्च गरिरहनु पर्दैन ।
यी एजेन्टहरूले केवल लिङ्कहरूको सूची मात्र दिँदैनन्, बरु विभिन्न स्रोतहरूबाट जानकारी सङ्कलन गरी त्यसको विश्लेषण गर्ने, कुनै कुरा किन महत्त्वपूर्ण छ भनेर बुझाउने, विभिन्न दृष्टिकोणहरूको तुलना गर्ने र उपयोगी सुझावहरू समेत प्रदान गर्नेछन् ।
यी एजेन्टलाई सन् २००३ मा सुरु गरिएको गुगल अलर्ट्सको एक विकसित रूपको रूपमा समेत हेरिएको छ । तर यिनीहरू सामान्य सूचना दिने मात्र भन्दा धेरै माथि उठेर काम गर्न सक्षम छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्