काठमाण्डौँ । पाल्पामा जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चा रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जंगली च्याउ खाएपछि बिरामी भएका उनीहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार खाम्चाको बुधबार र कामुको मंगलबार मृत्यु भएको हो ।
यस्तै, जंगली च्याउ सेवन गरी जिल्लामा दर्जन बढी बिरामी रहेका छन् । जसमध्ये तानसेन नगरभित्रका ८ वर्षीय बालक र रम्भास्थित ताँहुकी ५० वर्षीया महिलाको अवस्था गम्भीर रहेको छ ।
बाललको लुम्बिनी मेडिकल कलेजको आइसियू र महिलाको युनाइटेड मिसन अस्पतालमा उपचार जारी रहेको सूचना अधिकारी भट्राइले जानकारी दिए ।
यस्तै जंगली च्याउ खाएर बिरामी भएका माथागढी ३ कसेनीका चार जनालाई लुम्बिनी मेडिकल कलेजमा उपचारपछि कही दिन अघि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्