भोलिबाट काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदै, नयाँ पुस्तामा टिमको जिम्मेवारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाण्डौँ । काभा महिला भलिबल च्याम्पियनसिप प्रतियोगिता जेठ ८ गते अर्थात भोलिबाट काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।

प्रतियोगिता यहि जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।

यस प्रतियोगितामा नेपालसहित भारत, इरान, श्रीलंका, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान र काजाकस्तान गरी ८ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ । नेपालले उद्घाटन खेलमै भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले जेठ ९ गते किर्गिस्तान र जेठ १० गते माल्दिभ्ससँग खेल्ने तालिका छ ।

यसपटकको काभामा धेरै खेलाडी परिवर्तन भएका छन् । महिला टोलीमा सिनियर खेलाडी विदेश पलायन भएपछि नेपाल भलिबल संघले ६ नयाँ खेलाडी समेट्दै युवा र अनुभवी खेलाडीको मिश्रणसहित टोली घोषणा गरेको छ । कप्तान निरुता ठगुन्नाले नयाँ र पुरानो खेलाडीको संयोजनले टोली बलियो बनेको बताएकी छन् भने प्रशिक्षक जगदीश भट्टले नयाँ पुस्ताले पुराना खेलाडीको अभाव महसुस हुन नदिने विश्वास व्यक्त गरेका छन् ।

नेपाल भलिबल संघले निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । जसमा निरुता ठगुन्ना(कप्तान), सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, एलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुवँर, मिना सुनार, प्रगति नाथ र जशना महतो टोलीमा परेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *