|
२०८३ जेष्ठ ७
काठमाडौँ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेका सार्वजनिक शौचालयहरूको अवस्था दयनीय बनेको छ ।
बाहिरबाट हेर्दा शौचालय सफा देखिए पनि प्रयोगपछि फ्ल्यास गर्न आवश्यक पानीको व्यवस्था नहुँदा सेवाग्राही तथा आगन्तुकहरूले सास्ती भोग्नुपरेको छ ।
यस्तै, ढोकाको चुकुल बिग्रिएको, पर्याप्त पानीको अभाव तथा नियमित सरसफाइ नहुँदा शौचालय फोहर बन्दै गएको छ । यसका कारण कतिपय शौचालय प्रयोग गर्नै कठिन अवस्था पुगेका छन् ।
सरकारले सरसफाइ र सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राख्दै आए पनि देशकै प्रमुख प्रशासनिक केन्द्रभित्र रहेको शौचालयको यस्तो अवस्था सम्बन्धित निकायको बेवास्तालाई संकेत गर्ने देखिन्छ । सरोकारवाला निकायले समयमै ध्यान दिएर आवश्यक सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्