|
२०८३ जेष्ठ ६
काठमाण्डौँ । सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।
हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्सी राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ। पटक–पटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ गते लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ ।
निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद् बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्