जित्नै पर्ने दबाबमा रहेको कोलकाता मुम्बईसँग आज खेल्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

काठमाण्डौँ । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग (आइपिएल) मा शीर्ष ४ मा रहदै प्लेअफ प्रवेशको सम्भावना कायमै राख्न जित्नै पर्ने दबाबमा रहेको कोलकाता नाइट राइडर्स मुम्बई इण्डियन्ससँग खेल्दछ ।

कोकाताको घरेलु मैदानमा २ बीचको खेल बेलुका ७ः४५ बजे पछि सुरु हुदैछ । कोलकाता १२ खेलमा ११ अंकका साथ तालिकाको आठौं स्थानमा छ । यस खेलमा जित हासिल गर्दै छैठौं स्थानमा उक्लिदै कोलकाता प्लेअफ सम्भावना कायमै राख्न चाहन्छ ।

मुम्बईसँग पराजित भएमा कोलकाताको प्लेअफ सम्भावना सकिन्छ । पराजित भएमा कोलकाता यस संस्करणबाट बाहिरिने तेस्रो टोली बन्नेछ । यसअघि मुम्बई र लखनउ सुपर जायन्ट्स औपचारिक रुपमा प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताबाट बाहिरिसकेको मुम्बई जित हात पार्ने लक्ष्यमा छ । मुम्बईले यसै संस्करणको पहिलो भेटमा कोलकातालाई पराजित गरेको थियो ।

बेंगलुरु, हैदराबाद तथा गुजरात प्लेअफका लागि छनोट भइसकेकामा राजस्थान, पञ्जाब, कोलकाता, दिल्ली र चेन्नईको अर्को स्थानको लागि प्रतिस्पर्धा रहेको छ । मंगलबार लखनउसँगको खेल जितेको राजस्थान चौथो टोली बन्ने बलियो सम्भावना छ ।

कोलकाता यस खेल जितेर शीर्ष ४ मा रहदै प्लेअफमा स्थान बनाउँने सम्भावना जिवितै राख्न चाहन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *