|
२०८३ जेष्ठ ४
काठमाडौं । सेयर बजारमा कारोबार रकम सुक्खा लागेको छ ।
सोमबार जम्मा २ अर्ब ४५ करोडको कारोबार भयो । पूरा अवधिभर कारोबार हुँदाको अवस्थामा यो कारोबार रकम २ वर्ष (२०८१ वैशाख २४) यताकै न्यून हो । बजारमा दैनिक २९ अर्ब ९५ करोड रुपैयाँसम्मको कारोबार भएको रेकर्ड छ ।
तर सर्किट ब्रेकरका कारण पूरा अवधि कारोबार नहुँदा फागुन २५ गते ५५ करोडको मात्रै कारोबार भएको थियो । सो दिन सर्किट ब्रेकका कारण छोटो समय कारोबार भएकाले न्यून भएको थियो ।
अघिल्लो दिन ३ अर्ब ९ करोडको कारोबार भएको थियो ।
बजार परिसूचक नेप्से आज १.०३ अंक घटेको छ । सो कमीपछि नेप्से २७३० मा कायम भएको छ । ११९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १८ को स्थिर रह्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपि पावर र शिवम् सिमेन्ट छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्