|
२०८३ जेष्ठ ४
काठमाडौं । श्रम संस्कृति पार्टीले संसदमा प्लेकार्ड प्रदर्शन गरेपछि संसदीय मर्यादा उल्लंघन भएको भन्दै आलोचना बढेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङ सहित सात सांसदले सभामुख अगाडि उभिएर विरोध जनाएका थिए ।
सभामुख डोलप्रसाद अर्याल ले यस्तो गतिविधि संसदीय अभ्यास र नियमावलीविपरीत रहेको भन्दै मर्यादाभित्र रहेर विरोध गर्न निर्देशन दिएका छन् ।
राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँल ले प्लेकार्ड प्रदर्शनलाई “सस्तो प्रचारबाजी” भन्दै आलोचना गरेका छन् । उनले यस्ता गतिविधिले संसदीय गरिमा घटाउने र दोहोरिए निलम्बनसम्मको कारवाही हुन सक्ने बताएका छन् ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्