आज सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ४

काठमाडौँ । सोमबार सुनको भाउ केही बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँ थियो । त्यस्तै गत सोमबार सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ केही घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ६० रुपैयाँ रहेको चाँदी आज २० रुपैयाँ घटेर ५ हजार ४० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी ५ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *