जेनजी आन्दोलनले डेढ खर्ब खर्चको लेखा परीक्षण प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । गत २३ र २४ भदौको जेन जी आन्दोलनका कारण डेढ खर्ब माथिको लेखा परीक्षण प्रभावित भएको छ ।

महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष संघीय, प्रदेश, स्थानीय तह, संगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समिति समेतको कुल ९४ खर्ब ८४ अर्ब ५० करोडको लेखा परीक्षण भएको छ ।

कूल १७९ वटा कार्यालयको कागजात जल्दा १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको लेखा परीक्षण प्रभावित भएको महालेखा परीक्षक रायाले जानकारी दिए ।

यसवर्ष संघीय निकायतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड र स्थानीय तहतर्फ १९ अर्ब ५ करोड बेरुजु कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *