सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २८

काठमाण्डौँ । सरकारले सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने घोषणा गरेको छ । सरकारका तर्फबाट सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा नीति तथा कार्यक्रम पेश गरेका छन् ।

‘सीमा विवादको समाधान कूटनीतिक माध्यमबाट गरिने छ’ राष्ट्रपतिले भनेका छन् ।

नेपाल सरकारले सन्तुलित कूटनीति अपनाउने उल्लेख गरे । छिमेकी र मित्र राष्ट्रहरूसँग बहुपक्षियताको आधारमा सम्बन्ध हुने उल्लेख गरेका छन् ।

राष्ट्रपतिले विदेशस्थित नियोग मार्फत ब्रान्ड नेपाल अभियान चलाउने उल्लेख छ । पर्यटन पूर्वाधारमा विदेशी लगानी ल्याइउने पनि उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *