काठमाण्डौँ । सरकारले नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्न ‘स्टार्टअप नेपाल’ पोर्टलमार्फत एकै दिनमा कम्पनी दर्ता, कर छुट र बिउ पूँजी (सिड मनी) लगायतका सेवा उपलब्ध गराउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् ।
सरकारले ग्रामीण अर्थतन्त्रको पुनर्जीवन र कृषिलाई सम्मानित उद्यमका रूपमा विकास गर्न बहुपक्षीय लगानी प्रवर्द्धन गर्ने नीति लिएको छ । उत्पादन वृद्धि र लागत न्यूनीकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्न प्याकेजमा आधारित उत्पादन प्रणाली र कृषिको यान्त्रिकीकरणलाई तीव्रता दिइने राष्ट्रपति पौडेलले बताए ।
वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिलाई स्वदेशमै कृषि उद्यममा आकर्षित गर्न विशिष्टीकृत उत्पादन क्षेत्र विकास गरी कृषि उपजलाई उद्योग र बजारसँग सिधै जोड्ने सरकारको लक्ष्य छ ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्