प्राविधिक अभावले धनकुटा क्याम्पसका आधुनिक संरचना बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २७

काठमाण्डौँ । धनकुटा बहुमुखी क्याम्पस मा लाखौं रुपैयाँ खर्चेर स्थापना गरिएको ई–लाइब्रेरी र अपाङ्गता विद्यार्थी सहायता केन्द्र प्रभावकारी सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन् ।

करिब एक दशकअघि स्थापना गरिएको ई–लाइब्रेरीमा कम्प्युटर, इन्टरनेट तथा डिजिटल अध्ययन सामग्रीको व्यवस्था भए पनि प्राविधिक जनशक्ति अभावका कारण नियमित सञ्चालन हुन सकेको छैन । क्याम्पस प्रशासनका अनुसार अधिकृतस्तरको लाइब्रेरियन नहुँदा सेवा प्रभावकारी बन्न सकेको छैन ।

चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र पनि बजेट अभाव र आवश्यक पूर्वाधार नहुँदा सञ्चालनविहीन बनेको छ । व्हिलचेयर पहुँचको व्यवस्था नहुँदा फरक क्षमता भएका विद्यार्थीले सहज सेवा पाउन सकेका छैनन् ।

विद्यार्थी तथा सरोकारवालाले क्याम्पस प्रशासनको व्यवस्थापन कमजोरीका कारण आधुनिक अध्ययन प्रणाली र समावेशी शिक्षाको लक्ष्य प्रभावित भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *