तरलता व्यवस्थापनको चापमा राष्ट्र बैंक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २३

काठमाण्डौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ।

निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो । केन्द्रीय बैंकले आज वैशाख २३ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत निरन्तर नगद प्रशोचन गरिरहेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । क्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो ४४ दिने निक्षेप संकलन उपकरणको आउँदो असार ५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *