हर्क साम्पाङसँगको शक्ति बाँडफाँटमा कुरा नमिलेपछि एकता हाललाई प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौं । पूर्वमन्त्री सुदन किराती र हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ बिच गर्ने भनिएको एकता प्रभावित बनेको छ । साम्पाङसँगको शक्ति बाँडफाँट र पदको विषयमा कुरा नमिलेपछि एकता हाललाई प्रभावित भएको स्रोतको भनाइ छ ।

यस्तो स्थितिमा किरातीले सामाजिक सञ्जालमार्फत छुट्टै ‘साझा अभियान’ को आवश्यकता रहेको भन्दै यसबारे धारणा राखेका छन् ।

किरातीले आइतबार आफ्नो सामाजिक सञ्जालमा देशलाई ‘कुलिनहरूको राज्य’(ओलिगार्ची स्टेट) बनाइएको टिप्पणी गर्दै नागरिकको जनजीविका र आत्मसम्मानको रक्षाका लागि ‘साझा अभियान’ को आवश्यकता रहेको उल्लेख गरेका छन् ।

उनले पुराना पार्टीहरूले विश्वास गुमाएको र नयाँ भनिएकाहरूमा पनि तानाशाही प्रवृत्ति देखिएको भन्दै सबै सचेत नागरिकलाई एकताबद्ध हुन अपिल गरेका हुन् ।

प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेपछि किराती केही समयदेखि हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग निकट रहेर संवादमा थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *